अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १५, आईतवार ०८:२१

प्रत्येक वर्ष झैँ यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा दुई समुदायबीच झडप भएको छ । बडा दशैँ आउनु अघि जनकपुरधाम वडा नम्बर २० स्थित देवपुरा–रुपैठामा दुई समुदायबीच मूर्तिको परिक्रमादेखि पोखरीमा मूर्ति सेलाउन जाने क्रममा लामो समयदेखि नै झडप हुँदै आएको छ ।

देवपुरा– रुपैठास्थित झण्डा चोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको जनाएको छ । मूर्ति सेलाउनका लागि काशीभुइ स्थान अवस्थित पोखरीमा मुसलिम वस्तीबाट लैजाने क्रममा मूर्ति परिक्रमा गराइरहेको बेला एक समुदायले विवाद उत्पन्न गराइ बाटो अवरुद्ध गर्न खोज्दा दुई समुदायबीच विवादले उग्र रुप लिएको थियो ।



 

सो क्रममा एक पक्षले मूर्तिमाथि ढुंगामुढा प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

सो क्रममा भएको ढुंगा हानाहानपछि भागदौड हुँदा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कुनै अप्रिय घटना हुन नदिन करिब दुई सय जना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जनकपुरधामदेखि देवपुरा– रुपैठा बाटो जाने तर्फ र जटहीबाट जनकपुरधामतर्फ आउने बाटोको दुवैतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डीएसपी सिंहले बताए ।

स्थानीयवासीका अनुसार विगतमा दूर्गा माताको मूर्ति सेलाउने क्रममा हुँदै आएको विवाद र झडप यसपटक गणेश भगवानको मूर्ति सेलाउने क्रममा हुनु गलत रहेका बताए । उनका अुनसार प्रत्येक वर्ष धर्मको नाममा समाजका हानिकारक तत्वले सामाजिक खलल पु¥याइ सद्भाव बिथोल्न खोजिरहेको प्रति सतर्क रहनुपर्ने बताए ।

यहाँ प्रत्येक वर्ष हुँदै आएको दुई समुदायबीचको झडपलाई दीर्घकालीन रुपमा समाधान नगर्दा वर्षेनी झडप हुने गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार