अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार १६:००

सर्लाहीमा पनि हैजा संक्रमणको आशंका गरिएको छ । प्रादेशिक अस्पताल सर्लाहीमा झाडापखालाको बिरामी एक्कासी बढ्दै गएको छ ।

प्रादेशिक अस्पताल मलंगवाले दिएको जानकारी अनुसार गएको ७ गते देखि प्रतिदिन १० देखि १२ जनाको हाराहारीमा झाडापखालाको बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।



 

प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक डा. सचिन यादवले झाडापखालाको बिरामी बढेको बताए । बारा र पर्सामा हैजा रोगको महामारी फैलिएकाले प्रादेशिक अस्पताल मलंगवामा उच्च सतर्कता अपनाइएको डा. यादवले भने । झाडापखालाको बिरामी दिनहुँ बढ्दै गए पनि हालसम्म बिरामीहरुमा हैजा पुष्टि भएको छैन ।

हैजा महामारी नियन्त्रण तथा रोगको रोकथामका लागि प्रादेशिक अस्पताल मलंगवा पूर्णरुपमा तैयार अवस्थामा रहेको डा. यादवले दाबी गरे । कुनै पनि महामारी नियन्त्रणका लागि हाम्रो चिकित्सकहरुको विशेष दस्ता तयारी अवस्थामा बसेको उनले बताए । गएको केही दिन यता झाडापखालाको बिरामीको संख्या हवात्तै बढेको असपताल प्रशासनको भनाइ छ ।

झाडापखालाका केही बिरामीहरुलाई रेफर समेत गरेको असपताल प्रशासनले बताए । यसैगरि पर्साको पोखरिया नगरपालिका र बाराको कलैया नगरपालिकामा हैजा संक्रमण पुष्टि भइसकेको छ । पोखरिया अस्पतालमा झाडापखालाको गुनासो लिएर भर्ना भएका १३ जनामध्ये ७ जनामा हैजा पुष्टि भएको थियो ।

मंगलवार ३ जनामा सङ्क्रमण देखिएको छ भने बुधबार थप ४ जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । हाल १२ जना पोखरिया अस्पतालको जनरल वार्डमा उपचाररत छन् भने एकजनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

संक्रमित मध्ये अधिकांश वीरगञ्जमा बसोबास गर्ने रहेको अस्पतालले जनाएको छ । यसैगरि बाराको कलैया नगरपालिका–१८ स्थित पचौराका ५५ वर्षीय एक पुरुषमा बुधबार हैजा संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जमा काम गर्ने क्रममा संक्रमित भएको बताए । यसरी मधेश प्रदेशको अर्थिक नगरी पर्सा जिल्लाबाट शुरु भएको हैजा महामारी प्रदेश भरि फैलिन सक्ने अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार