अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार १३:०४

मुलुकमा जापानिज इन्सेफलाइटिसका कारण अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले भने, “जुलाईमा तीन र अगस्टमा १७ जनाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको छ । तराईमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी देखिएको उनको भनाइ छ । कोशी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एक/एक गरी तीनजनाको मृत्यु भएको छ ।



 

त्यस्तै, मधेश प्रदेशको रौतहट र बारामा दुई/दुई, चितवन र नवलपरासीमा तीन÷तीन, अर्घाखाँचीमा एकजनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएका डा. गौतमले बताए । जापानिज इन्सेफलाइटिसका कारण पश्चिम नवलपरासीमा दुईजनाको मृत्यु भएको छ । प्युठान, दाङ र बर्दियामा गरी तीनजनाको मृत्यु भएको जनाइएको छ ।

यसबाट कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको भनाइ छ । सरकारको प्रयासबाट मात्र यसको रोकथाम र नियन्त्रण प्रभावकारी नहुने उनले उल्लेख गरे । व्यक्ति स्वयंले पनि सतर्कता अपनाउनुपर्नेमा उनले बताए । उनले भने, “यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई टोक्दा सर्छ, मुख्य लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।” विशेष गरी बिहान र बेलुका लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए ।

गत वर्ष देशमा जापानिज इन्सेफलाइटिसका कारण २५ जनाको मृत्यु भएको थियो । वर्षायाममा यो रोग बढी देखा पर्र्ने भएकाले घर वरिपरि सरसफाइ गर्नुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जम्न नदिने लगायत विषयमा ध्यान दिन उनले आग्रह गरे । उक्त रोग लागेका मानिसमध्ये ३० प्रतिशतको मृत्यु हुने गरेको छ । डेंगीभन्दा जापानिज इन्सेफलाइटिस जोखिमपूर्ण हुने उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार