अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार ०९:४७

रौतहट, १३ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” अन्तर्गत भएको सो निरीक्षण कार्यक्रममा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा एआईजी डा. के.सी.ले संगठनको निर्देशनअनुसार शिस्तबद्ध र दक्षतापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी सेवामा थप पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको बताएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीका अनुसार उच्च स्तरीय टोलीले कार्यालयका समग्र गतिविधि, भौतिक संरचना, प्रशासनिक कार्यसम्पादन र सार्वजनिक सुरक्षा व्यवस्थाबारे मूल्याङ्कन गरेको छ।

यस निरीक्षणलाई जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन र प्रहरी सेवामा सुधार ल्याउन सकारात्मक कदमका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार