अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार ०८:१४

राष्टिय मुक्ति पार्टीको केन्द्रीय अधयक्ष तथा पूर्व उप-प्रधानमन्त्री राजेन्द्र महतोले सर्लाहीको जिल्ला अध्यक्षको जिम्मेवारी गणेश कुमार यादवलाई दिएका हुन्। जिल्ला इन्चार्ज विनोद साहको अध्यक्षता तथा महोतोको प्रमुख अतिथिमा एक कार्यक्रम आयोजना गरी सर्व-सहमतिले यादवलाई जिल्लाको अध्यक्षमा मनोनित गरेका हुन्। उक्त कार्यक्रममा अतिथि हुसैन खा र केन्द्रीय वरिष्ठ उपाध्यक्ष पूर्व मन्त्री राम नरेश राय यादवले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा ६७ जनाको जिल्ला कार्य समिति गठन गरी जिम्मेवार दिएका छन। सो कार्यक्रममा नव गठित जिल्ला अध्यक्षमा गणेश कुमार यादव,वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार यादव,उपाध्यक्षमा किशोरी राय,वीरेन्द्र महतो, लालबाबु राय, जितेन्द्र सिंह,सचिवमा मुकेश कुमार पंडित,मुकेश कुमार राय, सह सचिवमा संजय कुमार यादव, प्रमोद राय, रामनाथ राय,राज नन्दन महतो,सुरेश राय, ब्रजेन्द्र शर्मा, कोषाध्यक्षमा गणेश राय लगायत कार्यकारणी जिल्ला सदस्यमा ५३ जाना लाई मनोनित गरिएको छ। कार्यक्रममा सबै पढाधिकारीहरु लाई महतोले सपत ग्रहण गराए लगत्तै हामी सबै सदैव जनता, देश र पार्टीको लागि निष्पक्ष भई काम गर्ने भन्ने निर्देशन दिनुभएका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार