अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १२, बिहीबार १०:४६

वीरगञ्जमा बुधबार एकैदिन  १ सय ६ जना हैजा संक्रमित थपिएका छन्।

वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६ जना नयाँ संक्रमित भर्ना भएका हुन्। योसँगै दर्ता भएका संक्रमितको संख्या ५ सय २८ पुगेको छ।



 

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितमध्ये २ सय ५७ जना उपचारपछि घर फर्किएका छन्। २ सय ७१ जनाको वीरगञ्जको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

३५ जना आइसियु, ४ जना एचडियु र २ सय ३२ जना जनरल वार्डमा उपचाररत छन्।

नारायणी अस्पतालमा १ सय ५८, वीरगञ्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४/४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान सञ्चालन गरेको छ। वीरगञ्जमा फैलिरहेको हैजा, झाडापखाला, आउँ जस्ता संक्रामक रोगहरूबारे नागरिकलाई सचेत बनाउन घरदैलो अभियान सञ्चालन गरेको हो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार