अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १२, बिहीबार १०:४५

नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ । एक वर्षको अवधिमा यस कार्यालयबाट मनोजकुमार साह, मनिष न्यौपाने र रजीत कापडीको सरुवा भएको छ ।

कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत छन् । सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुईवर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ ।



 

सरुवाले कार्यालयको काममा प्रभावकारी रुपमा व्यस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । वर्तमान कार्यालय प्रमुख कापडीले हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान रहे पनि आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ भने तोकिएको स्थानमा गएर काम गर्नुपर्ने बताए । उनले भने, “आफू पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।” उक्त कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ ।

उक्त कार्यालयले निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरुमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्ने गरेको छ । उक्त कार्यालयले करिब ८० ट् यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएको प्रमुख कापडीले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार