अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ११, बुधबार ०८:४२

पर्साको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गर्ने वडाध्यक्षलाई पक्राउ गरिएको छ ।

पर्साको बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका छन् ।



 

शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको छ । केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ । उनले भने, ‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए । कलर समातेर लगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएरभित्र बस्न भने । भित्र लगेर अर्धनग्न बनाए, हातखुट्टा बाँधे । ३/४ लात खुट्टाले हाने । त्यसपछि कुटपिट गरिरहे,’ उनले अघि थप्दैँ आफूमाथि भएको घटनाको वृतान्त बताए ।

उनले वडाध्यक्ष कुशवाहा मादक पदार्थ सेवन गरेका थिए । त्यस बखत ८ जना बसेर रक्सी खाँदै आफूमाथि कुटपिट गरेको बताए । उनले वडाध्यक्ष कुशवाहाले सादा कागजातमा जबजरजस्ती औंठाछाप र हस्ताक्षर गराएको, मारेर फाल्नसम्मको धम्की दिएको बताए । घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले प्रहरीमा पीडिले जाहेरी दिए लगतै वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा कुशवाहा निर्वाचित भएका छन् । घटना बाहिरिएपछि नेकपा माओवादी केन्द्रले उनलाई तत्कालै ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार