अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १०, मंगलवार १८:२०

पर्साको वीरगञ्ज महानगरपालिकामा गएको शुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये ९५ जनामा हैजा पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार एक सय ७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।

दुई सय २० जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अस्पतालमा रहेका मध्ये २४ जना आइसीयूमा र छ जना एचडीसीयूमा उपचाररत रहेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्सका प्रमुख जयमोद ठाकुरले जानकारी दिनुभयो ।



 

वीरगञ्जमा समुदायस्तरमै हैजा फैलिएर महामारीको रूप लिएपछि महानगरपालिकासहित प्रदेश र संघस्य सरकारको तर्फबाट उपचारसँगै रोकथामको प्रयास भइरहेको छ । हिजो स्वास्थ्यमन्त्रि प्रदिप पौडेल वीरगञ्ज पुगेर अवस्थाबारे जानकारी लिँदै झाडापखालाका सबै विरामीको निशुल्क उपचार गराउन निर्देशन दिनुभयो ।

प्रदेश सरकारले पनि डाक्टरसहितको टोली खटाएको छ । महानगरपालिकाले बिरामी खोज्नेदेखी सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पाँच दिनदेखि हैजा फैलिरहेको भए पनि त्यसको स्रोतबारे अझै एकिन भएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार