अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १०, मंगलवार ०९:१६

मधेश प्रदेशमा प्रदेशभरका एक सयभन्दा बढी प्रहरीलाई कारबाही गरेको जनाएको छ । मधेश प्रदेश प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा मौलाउँदै गएको विषय सार्वजनिक हुन थालेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले दोषी रहेको भन्दै त्यस्ता प्रहरीलाई जिम्मेवारीबाट हटाइएको जनाएको छ ।

मधेश प्रदेशका प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जिम्मेवारी खोसिनेमा प्रदेशका आठै जिल्लामा कार्यरत १ सय १३ जना प्रहरी जानकारी दिए । यसमध्ये सादा पोशाकमा काम गर्ने घुमुवा तथा गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारीहरु पनि छन् । उनीहरूलाई कार्यरत रहेको ठाउँबाट अन्यत्र सरुवा गरी पठाइएको डीआईजी चतुर्वेदीले बताए ।



 

गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र त्यहाँबाट अन्यत्र पठाउने काम भइरहेको स्पष्ट पारे । उनले भने, ‘हामीले अहिले जिम्मेवारीबाट कम्तीमा एक १३ जनाभन्दा बढीलाई हटाएका छौं, अन्यको पनि पहिचान गर्ने काम भइरहेको छ, संगठनमाथि आँच पु¥याउनेहरूप्रति हामी निर्मम भएर जान्छौँ ।’ सीमानाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालयलगायतका कर्मचारी पनि खटिएका हुन्छन् । त्यस्तै सुरक्षा निकायले सीमानाकामा ‘घुमुवा’ पनि परिचालन गरिएको हुन्छ ।

घुमुवाहरूको तस्करी गर्नेहरूसँगै हिमचिम हुने र उनीहरूको काम तस्करी नियन्त्रण नभइ लाइन मिलाउने तथा असुली गर्ने रहेको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार