अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ९, सोमबार ०८:५४

मधेश सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको जनाएको छ ।

हालसम्म मधेश आन्दोलन तथा माओवादीको विद्रोहका क्रममा मारिएका १ सय ४० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष इञ्जिनियर शुभम् यादवले जानकारी दिए ।



 

मधेश प्रदेश सरकारले मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत भएका परिवारलाई सबुद प्रमाणको आधारमा स्वास्थ्य बीमा गर्ने कार्यलाई निरन्तरता दिएको जनाइएको छ ।

यस अघि मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारलाई उपचारमा सहजता होस् भन्नका लागि शहीद परिवारका ५ जना सदस्यको स्वास्थ्य बीमा गरिएको छ ।

मधेश प्रदेशमा नेकपा माओवादीको विद्रोहका क्रममा राज्य तथा विद्रोही पक्षबाट गरेर १ हजार ६ जना तथा मधेश आन्दोलनको क्रममा घाइते तथा अंगभंग भएका १ सय ६४ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य प्रतिष्ठानले लिएको अध्यक्ष यादवले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार