अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ८, आईतवार १५:२६

सञ्जय मिश्रा,
रौतहट, ८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ।

 

प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो।

स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान शिव कुमार साह ९३५० भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुबी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।

शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।

शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले न्युजकारखानालाई जानकारी दिए ।

 

घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ। हालसम्म घटनाबारे विस्तृत विवरण आउन बाँकी भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार