अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ८, आईतवार १५:२३

काठमाडौं, ८ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् ।

मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए ।

सिंहदरबार स्थित आजपाको संसदीय कार्यालयमा युवाहरुलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए ।

 

‘मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, कर आतंक बढेको छ । जनताको चाहना र आवश्यकक्ता विपरित सरकारको गतिविधि छ । अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक संघर्षको बिकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने ।

 

राप्रपा नेपालको साउदी कमिटीका अध्यक्ष एवं पार्टी निकटको युवा संगठनका उपाध्यक्ष वीरगंज निवासी महमद शेख अताउलकको नेतृत्वमा महमद शाहेब, शेख राजाबाबु, दिनेश गुप्ता, सजाद शेख लगायतका युवा नेताहरुलाई आजपा अध्यक्ष साहले खादा लगाएर पार्टीमा प्रवेश गराए । पार्टी प्रवेश गराउदै उनले उनीहरुको राजनीतिक भविष्यको शुभकामना सहित पार्टीमा उचित जिम्मेवारी दिने बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार