अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ८, आईतवार १२:३४

विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाउँदै बलात्कार गरेको अभियोगमा श्रीमानलाई दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको एकल इजलासले श्रीमतीको मञ्जुरीबिना जबर्जस्ती करणी पुष्टि भएपछि सजाय तथा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।



 

न्यायाधीश बर्देवाले गत जेठ १३ गते वैवाहिक जबर्जस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै जेठ ३० गते सजाय फैसला गरेका थिए । श्रीमान र श्रीमातीको सामाजिक परम्पराअनुसार २०७९ वैशाख १४ विवाह भएको थियो । श्रीमानले हनिमुनका लागि काठमाण्डु जाने भनदै श्रीमतीलाई प्रस्ताव गरे ।

श्रीमतीले प्रगाढ रुपमा चिनजान नभएको हुनाले जान तयार भइनन् । राम्ररी चिनजान भएपछि मात्रै जाने बताइन् । तर विवाह भएको एक सातापछि वैशाख २१ गते श्रीमान राति साढे ९ बजे मदिरा सेवन गरी कोठामा प्रवेश गरे र श्रीमानले कोठाको चुकुल लगाइ छुरा देखाएर बलात्कार गरेको श्रीमतीले बताइन् ।

अभियोग पत्रमा भनिएको छ, ‘मलाई छुरा देखाएर राक्षसी प्रवृतिले मेरो मन्जुरीबिना नै बल जबर्जस्ती बेडमा लडाइ मैले लगाएको लुगा फुकाली, जबर्जस्ती करणी गरी रक्तामय बनाएको थियो ।’ श्रीमानको बलात्कारबाट यौनांग च्यातिएर घाइते भएकी पीडितले जनकपुरधामस्थित रामजानकी अस्पतालमा १० दिन उपचार गराएकी थिइन् ।

थप उपचारका लागि भारतको सीतामढीमा पनि गराएपछि पीडित माइती घर फर्किएको उनको भनाइ छ । न्यायाधीश बर्देवाले पीडितको वैवाहिक अवस्थामा जबर्जस्ती करणी गरेको दाबी पुष्टि भएको ठहर भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार