अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ७, शनिबार ०८:५३

काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन्। पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ।

कान्तीलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए।



 

त्यसैगरि त्रिभुवन राजपथमा पर्ने भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अवरुद्ध दुवै सडकको पहिरो शनिबार बिहानबाट हटाउन सुरु गरिएको डीएसपी अर्यालको भनाई छ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु रातभर यात्रुहरु बीच बाटोमै रोकिएका छन्। बागझोरास्थित बाँदरभिरमा गएराति करिब १० बजेतिर पहिरो खसेपछि सयौँ सवारी साधन रातभर सो क्षेत्रमा रोकिएका छन्।

सरकारले समयमै पहिरो पन्छाउने पहल नगरेको भन्दै यात्रीहरुले गुनासो व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार