अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ७, शनिबार ०८:४७

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौर हत्याकाण्डको अनुसन्धानमा तत्कालीन नेकपा माओवादीका नेता प्रभु साहको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले हिंसा भड्काउन मुख्य भूमिका खेलेका साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका हुन् ।

बर्दिवासमा शुक्रबार नेकपा एमाले मधेश प्रदेश कमिटीले आयोजित विधान संशोधन सुझाव संकलन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान अघि बढ्नु स्वाभाविक प्रक्रिया भएको बताए । उनले दोषीले कारबाही भोग्नुपर्ने र निर्दोषले आत्तिनु नपर्ने भन्दै यस घटनामा एमालेको कुनै संलग्नता नभएको दाबी गरे ।



 

उनले सो हत्याकाण्डको दिन माओवादी र मधेशी जनअधिकार फोरमले आ–आफ्नो कार्यक्रम राखेको अवस्थामा प्रभु साह पक्षका नेताहरूले उत्तेजना फैलाएको आरोप लगाए । महासचिव पोखरेलले ‘यदि प्रभु साहले जिम्मेवार नेताको भूमिका निभाएको भए, त्यो दिन गौरमा हिंसा हुँदैनथ्यो,’ उनले भने, ‘तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उत्तेजना फैलाए, जुन कुनै जिम्मेवार नेताको कदम हुन सक्दैन ।’ उनले एमाले शान्ति र संवादको पक्षमा रहेको र प्रतिशोधको राजनीति नगर्ने बताए ।

यद्यपि, समाजमा अस्थिरता र हिंसा ल्याउने प्रयास गर्ने जो कोहीमाथि पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । उक्त कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले पार्टीको विधान संशोधन सम्बन्धी सुझावहरू सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार