अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ६, शुक्रबार १२:३२

पर्साको वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका मठ, मन्दिर, मस्जिद र चैत्यहरूको संरक्षण र व्यवस्थापनका लागि विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ ।

सम्पूर्ण धार्मिक स्थलहरूलाई अनिवार्य रूपमा अभिलेखिकरण गरी सूचीकृत गरिने जनाइएको छ । वीरगञ्ज महानगरले धार्मिक र पुरातात्विक महत्वका सम्पदाहरूको दिगो संरक्षणका लागि सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै ल्याएको छ ।



 

सोही अनुसार वीरगञ्ज महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक स्थलहरूको तथ्यांक संकलन गरिनेछ। यस कार्यबाट सम्पदाको संरक्षण र व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सहज हुने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जका मेयर राजेशमान सिंहको संयोजकत्वमा गठित समितिले धार्मिक स्थलहरूलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्य रहेको जनायएको छ । मेयर सिंहले जनाएअनुसार हाल व्यक्तिगत स्वार्थमा सञ्चालित कतिपय धार्मिक संस्थाहरूलाई अब नियमन गरिनेछ ।

भक्तजनले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ निगरानी गरिने उनको भनाइ छ । सो समितिले अब प्रत्येक वडामा रहेको सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र सोही आधारमा संरक्षणका कार्यक्रमहरू अघि बढाउने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार