अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ६, शुक्रबार १२:२४

मधेश प्रदेशको प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौँ १२ गते शुरु हुने भएको छ ।

असार मसान्तको क्रममा योजना खरिद विक्री हुने गरेको भन्दै सत्तापक्षका केही सांसद र प्रतिपक्षीले समेत आवाज उठाएपछि मधेश प्रदेश सरकारले हतारहतारमा पाँचौ अधिवेशन अन्त्यको घोषणा गरेको थियो । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरेको जनाएको छ ।



 

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, २०८२ भदौँ १२ गते बिहीबार दिउँसो १ बजेदेखि प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुनेछ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ भदौँ ४ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार