अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ५, बिहीबार १२:४५

सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ ।

२५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाइनेछ ।



 

नयाँ आर्थिक वर्षसँगै २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार स्वर्णप्राशन परम्परागत रूपमा प्रयोग भए पनि आमबालबालिकाको हकमा प्रयोग गर्नका लागि वैज्ञानिक पुष्टिको खोजीपछि नेपाल सरकारले यो वर्षदेखि लागू गरेको हो ।

स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । मह र घ्यू समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घ्यूको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने महानिर्देशक यादवले जानकारी दिनुभयो । छ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार