अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ४, बुधबार १७:३३

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।

उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको ज्यान गएको तथ्याङ्क छ । ज्यान गुमाउनेमा आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको ज्यान गएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो । जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप नलगाएकामा सङ्क्रमण जोखिम उच्च छ ।



 

नेपालमा ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाई सकिएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको डा. गौतमले बताउनुभयो । डा. गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे बेलुका तथा झिसमिसे बिहानीको समयमा बढी सक्रीय हुने गर्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार