अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ४, बुधबार ०९:०६

रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचारबारे समाचार लेख्ने पत्रकारलाई दुव्र्यवहार गरेको आरोपमा कार्यवाहक मेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रहरी कार्यालय विजयपुरले पक्राउ पूर्जीका लागि अनुमति माग गरेपछि अदालतले पक्राउ गर्न आदेश दिएको प्रहरी इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए । पत्रकार कृष्ण तिवारीमाथि साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाहले दुव्र्यवहार गरेका थिए ।

पीडित पत्रकार तिवारीले जाहेरी दिएपछि रौतहट प्रहरीका प्रहरी उपरीक्षक नेत्रमणि गिरीको निर्देशनमा घटनाको अनुसन्धान गरी सनाउल्लाहमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । हाल उनलाई खोजतलास गरी पक्राउ गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो । सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेका थिए । तर समाचार सार्वजनिक भएपछि उपमेयर खातुनका छोराले पत्रकारमाथि दुव्र्यवहार गरेको चौतर्फी आरोप लागेको छ ।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका छन् । तर मेयर यादव विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि खातुन कार्यवाहक छिन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार