अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ३, मंगलवार १२:१०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ । युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भन्नुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले छलफलबाट सकारात्मक परिणाम हासिल भएको प्रतिक्रिया दिनुभयो । उहाँले यसअघि जस्तो कुनै वादविवाद नभएको र बैठक सकारात्मक रहेको बताउनुभयो । भेटका क्रममा ट्रम्पलाई आफूले युद्धमैदानको नक्सा देखाउँदै कुन क्षेत्रमा कसको नियन्त्रण छ भन्नेबारे प्रष्ट पारेको पनि राष्ट्रपति जेलेन्स्कीको भनाई छ । युक्रेनी नेताहरुले पनि अमेरिका लगायत देशहरुले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीचको भेट दुई हप्ताभित्र हुने बताउनुभएको छ । जर्मन चान्सलर फ्रिडरिख मर्जले ट्रम्पको यो भनाइलाई पुष्टि गर्दै शान्ति प्रक्रियाको लागि सकारात्मक सङ्केत भएको टिप्पणी गर्नुभयो । ट्रम्पले युक्रेनका लागि दिएको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरुले स्वागत गर्दै यो युरोप र युक्रेन दुवैका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार