अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ३, मंगलवार १२:०६

सरकारले समन्यायिक जीविकोपार्जन अवस्थालाई बढोत्तरी गर्न किसानको पहिचान र वर्गीकरण गर्ने भएको छ।

सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षे खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना सार्वजनिक गर्दै किसानको पहिचान तथा वर्गीकरण गर्ने योजना अघि सारेको हो। जसअन्तर्गत किसानको पहिचान र वर्गीकरणको आधारमा परिचयपत्र उपलब्ध गराउने र त्यस्ता किसानलाई प्रोत्साहन पुग्नेगरी सेवा सुविधा दिने कार्यक्रम राखिएको छ।

स्थानीय तह र प्रदेश कृषि मन्त्रालयहरूसँगको समन्वयनमा यो कार्यक्रम कार्यान्वयनको जिम्मा संघीय कृषि मन्त्रालयलाई दिइएको छ।

मन्त्रालयलाई आगामी तीन वर्षभित्र सबै किसनालाई परिचय पत्र उपलब्ध गराउने र प्रोत्साहन दिएका किसानको संख्या सार्वजनिक गर्ने काम दिइएको छ।

महिला, साना किसान र निम्न वर्गका लागि सहकारी एवम् करार खेती र बाझो जमिन उपयोग गर्ने योजना अघि सारिएको छ।

यो योजना अन्तर्गत आगामी दुई वर्षभित्र भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले सहकारी एवम् करार खेतीमा संलग किसानको संख्या र बाझो जमिन उपयोगको अवस्था सावजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

युवाहरूलाई लाभदायक र प्रतिस्पर्धी स्थानीय उत्पादनमा संलग हुन प्रोत्साहित गर्ने कार्यक्रम पनि रहेको छ। विभिन्न मन्त्रालयहरूसँगको समन्वयनमा युवा तथा खेलकुद मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्ने र आगामी ५ वर्षभित्र यस्ता उत्पादनमा संलग युवाहरूको संख्या सार्वजनिक गर्ने उल्लेख गरिएको छ।

समन्यायिक जीविको पार्जनको अवस्था बढोत्तरी गर्नको लागि २ देखि ५ वर्षको अवधिमा गर्ने ९ वटा कार्यक्रम अघि सारिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार