अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ३, मंगलवार १२:००

मधेश प्रदेशमा यस वर्ष ८६ प्रतिशत धान रोपाइँ भएको छ ।

देशभर ९४ प्रतिशत धान रोपाइँको तथ्यांक रहे पनि सबैभन्दा कम मधेश प्रदेशमै धान रोपाइँ भएको छ । अहिले देशभरमा ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाइएको छ ।

गत वर्ष सोही अवधिमा ९८ दशमलव ४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ धान रोपाइँ भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ९९ दशमलव ३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९७ दशमलव २७ प्रतिशत, गण्डकी प्रदेशमा ९४ दशमलव ८३ प्रतिशत र कोशी प्रदेशमा ९४ दशमलव ४२ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार