अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २, सोमबार १५:२२

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने बताएका छन्। उनले सोमबार वाशिङ्टनमा जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता गर्दै छन्।

यसै वर्षको सुरुतिर ह्वाइट हाउसमा ट्रम्पसँगको पहिलो भेटमा भनाभन गरेका जेलेन्स्की त्यसयता पहिलो पटक ट्रम्पसँग पुन: वासिङ्गटनमा भेटवार्ता गर्न लागेका हुन्। ट्रम्पले स्पष्ट रुपमा शान्तिका लागि युक्रेन तयार हुनु पर्ने बताए। उनले त्यसका लागि ‘युक्रेनले नेटोमा प्रवेश नहुने’ शर्त स्वीकार्नु पर्ने र क्रिमियासमेत फिर्ता नहुने बताएका छन्।

मस्कोले सन् २०१४ मा अवैधरूपमा त्यसलाई आफ्नो क्षेत्रमा मिलाएको थियो, जुन घटना रूसको पूर्ण आक्रमण हुनु आठ वर्षअघिको हो। ट्रम्पका यी भनाइहरू हालै अलास्कामा भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्तापछि आएका हुन्।

आइतबार राति अमेरिकामा पुगेपछि जेलेन्स्कीले पुनः आफ्ना सहयोगीहरूसँग दृढ सुरक्षा सुनिश्चितताको माग दोहोर्याएका छन्। रुससँग युद्ध अन्त्य गराउने विषयमा हुने वार्तामा सहभागी हुने नेताहरूमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव मार्क रुट र यूकेका प्रधानमन्त्री सर केअर स्टार्मरलगायत रहेका छन्।

ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा शिखर बैठक भएको केही दिनपछि यो वार्ता हुन लागेको हो। उक्त बैठकमा ट्रम्पले युद्धविरामको माग छोडेर स्थायी शान्ति सम्झौता हुनुपर्ने माग गरेका छन्। नेटोको जस्तै सम्भावित सुरक्षा समझदारीबारे पुटिन सहमत भएको अमेरिकी दूतले बताएका छन्।

जेलेन्स्कीसँग वार्ता हुनुभन्दा केही घण्टाअघि बोल्दै ट्रम्पले ‘युक्रेनी राष्ट्रपतिले चाहेमा’ रुससँगको युद्ध अन्त्य गराउन सक्ने बताएका छन्। तर त्यसका लागि युक्रेन नेटोमा सहभागि हुन नपाउने उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार