अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २, सोमबार १०:२७

जनमत पार्टीले क्रमवद्ध रुपमा प्रश्न उठान गर्ने पदाधिकारीमाथि कारबाही डन्डा अध्यक्ष सीके राउतले चलाउन थालेपछि पदाधिकारीहरु आफूलाई असुरक्षित महसुस गरिरहेका छन् ।

जनमतका अध्यक्ष राउतले आफ्ना नातागोता आफन्तलाई पद र शक्तिमा पु¥याएपछि नेता तथा कार्यकर्ताले प्रश्न तेर्साउन थालेपछि कार्यकर्तादेखि नेता र पदाधिकारीहरुलाई अहिलेसम्म पनि विभिन्न बहानामा आफू अनुकूल अनुशासन समिति र पदाधिकारी चयन गर्दै निष्कासनसम्म गर्ने गरेका छन् ।

पदाधिकारीहरूलाई नै निष्कासनको संकेत सहित अध्यक्ष राउतले स्पष्टीकरणको चाङ नै लगाएका छन् । आफ्ना दाजु जयकान्त राउतसहित निश्चित नेता बाहेकका पदाधिकारीहरूलाई धमाधम स्पष्टीकरण सोध्ने र केही महिनापछि कारबाही गर्ने प्रक्रियागत प्रवृत्तिले अध्यक्ष राउतमाथि शक्ति र नगदे आर्थिक लाभको राजनीति गर्न खप्पिस रहेको उनकै समकक्षी ई.दीपक साहको आरोप छ ।

केन्द्रीय उपाध्यक्षद्वय अब्दुल खान र बसन्त कुशवाहले स्पष्टीकरण दिइसकेका छन् । खानेपानी तथा सरसफाइमन्त्रीबाट बाहिरिए लगत्तै खानसँग स्पष्टीकरण सोधिएको थियो । त्यस्तै महासचिव चन्दन सिंह र सचिव अनितादेवी साहसँग पनि स्पष्टीकरण सोधिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार