अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १, आईतवार १०:५५

अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको छ । बङ्गलादेश ‘ए’ले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल सात विकेट गुमाएर एक सय ५४ रन मात्रै बनाउन सक्यो ।

नेपालका कुशल मल्लले अविजित ५९ रन र आसिफ शेखले २८ रन बनाए । बङ्गलादेश ‘ए’का रकिबुल हसनले तीन, हसन महमुदले दुई तथा तोफेल अहमद र रिपन मण्डलले समान एक विकेट लिए ।

त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ‘ए’ले छ विकेट गुमाएर एक सय ८३ रन बनायो । बङ्गलादेशका जिशन आलमले ७३ र अफिफ हुसेनले अविजत ४४ रन बनाए । नेपालका रिजन ढकालले दुई विकेट तथा करन केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न स्टार्ससँग, पर्सि मङ्गलवार होबर्ट हुरिकेन्ससँग, बुधवार मेलबर्न रेनेगेड्ससँग र शुक्रवार अर्थात् भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप इण्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार