अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १, आईतवार १०:५०

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित धरहरीमा श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन् ।

राम जानकी ब्रह्माबाबा मठमा आयोजित बैठकमा विवादले उग्ररुप लिएपछि मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहसहित तीन जना घाइते भएका छन् । मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबीच भनाभन भएपछि हात हालाहालको अवस्था आएको रौतहट प्रहरीले जनाएको छ ।

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए । घाइतेहरुको गरुडा–४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको एसपी गिरीले बताए । झडपपछि मेला क्षेत्र तनावग्रस्त बनेको थियो । तर केही समयपछि भीडलाई नियन्त्रणमा लिइ मेला सामान्य अवस्थामा ल्याइएको रौतहट प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार