अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३१, शनिबार ११:५९

नेपाली कांग्रेसले बिहीबार पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरिएको छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री यादवलाई सभापति शेरबहादुर देउवाले बिहीबार पार्टी सदस्यता दिएका थिए । त्यसको अर्को दिन अर्थात शुक्रबार भने सदस्यता नै खारेज गरिएको कांग्रेसले जनाएको छ ।

 

 

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त यादवलाई कांग्रेसका सभापति देउवाले कांग्रेसमा भित्र् याए तर एक दिन नवित्दै उनको सदस्यता नै खारेज गरिएको छ । एक कार्यक्रमबीच देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएका थिए । यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा रहेको छ ।

 

महोत्तरी प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि मुद्दामा सुनवाइ हुने महोत्तरी जिल्ला अदालतका रजिस्ट्रार नुतन झाले जानकारी दिए । रजिष्ट्रार झाले भने, ‘उहाँ थम्मन विक हत्याको अभियुक्त हो । पक्राउ नपरेकाले फैसला हुन सकेको छैन । पक्राउपूर्जी जारी भएको धेरै अगाडि हो । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि उहाँको मुद्दामा सुनुवाइ हुन्छ ।’ प्रहरी पक्राउ गरेर अदालतमा नबुझाएकाले मुद्दा मुतलवीमा राखिएको उनले बताए ।

 

महोत्तरीका काँग्रेस सभापति नागेश्वर यादवले देवेन्द्र यादव हत्या अभियुक्त भएको बारेमा आफूलाई जानकारी नभएको दाबी गरेका छन् । मधेश आन्दोलनका क्रममा २०७२ भदौँ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरिएको थियो ।

 

हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

 

तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए। उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको थियो । यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार