अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३०, शुक्रबार १०:४१

महोत्तरी, साउन २९ गते ।

दुम्सीको अवैध सिकार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दीवास–१० लक्ष्मीनियाँ जंगलबाट दुम्सीसहित अवैध सिकार गर्ने ४ जनालाई पक्राउ गरिएको हो ।

सर्लाही ईश्वरपुर–३ भक्तिपुर नट टोलका अरुण मिस्त्री, रामस्वरुप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्रीलाई दुम्सी सिकार गरी फर्किँदै गर्दा डिभिजन वन कार्यालयका कर्मचारीले पक्राउ गरेको हुन् ।

बुधबार राति ६ थान मरेको दुम्सीसहित सर्लाहीतर्फ जाँदै गर्दा लक्ष्मिनिया सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष झाले चेकजाँच गर्दा उनीहरु पक्राउ परेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

घरेलु हतियारसहित बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरको मोटरसाइकलमा २ वटा प्लाष्टिकका बोराबाट ६ थान मरेको दुम्सी बरामद भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका दुवै मोटरसाइकललाई सव डिभिजन वन कार्यालय लक्ष्मीनियाँ र दुम्सीसहितका ४ जनालाई बर्दीवास–४ माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखिएको छ । दुम्सी धनुषा महेन्द्रनगरको पूर्वी क्षेत्रमा पर्ने हरीपुरको खेतमा मारेर ल्याएको पक्राउ परेकाहरुले बताएका छन् ।

दुम्सी आरक्षित वन्यजन्तु नभए पनि प्रक्रिया पूरा नगरी सिकार गरेकोले वन ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको सव डिभिजन वन कार्यालय माइस्थानका प्रमुख कृष्णकुमार पटेललले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार