अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३०, शुक्रबार १०:३५

अनिल तिवारी |

नसिङ परिक्षालाई खुकुलो बनाउन चन्दा सकंलन गरिएको खुलासा भएको छ । गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा शुक्रवार देखि सुरु हुने पीसीएल नर्सिङको परीक्षालाई ‘खुकुलो’ बनाउन निरिक्षकहरुलाई घुसदिन परिक्षार्थीबाट रकम संकलन भएको गम्भीर आरोप लागेको छ ।

क्याम्पसका एक प्राध्यापक र दुई विद्यार्थीले परीक्षा केन्द्रमा चिटचोरीलाई खुकुलो बनाउन रकम संकल गरिएको विद्यार्थीले खुलासा गरेका छन । परिक्षामा सहभागी प्रत्येक विद्यार्थीबाट ६ हजार रुपैयाँ असुली गरिरहेका बताइन्छ ।संकलित रकमको केही हिस्सा परीक्षा केन्द्रका अध्यक्षलाई घुसको रूपमा दिने योजना समेत रहेको छ ।

शुक्रवार देखि दोस्रो वर्ष र शनिवार देखि प्रथम वर्षको परीक्षा वीरगञ्ज महानगरपालिका–२४, बहुअरी सुगौली स्थित श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालन हुने छ । स्रोतको दाबी अनुसार, रकम बुझाउने विद्यार्थीलाई विशेष सुविधा दिइने आश्वासन दिइएको छ।

शैक्षिक निकायमा यस्ता गतिविधि भइरहनु शिक्षा क्षेत्रमा पारदर्शिता, निष्पक्षता र जवाफ देहिता माथि गम्भीर प्रश्न खडा भएको अभिभावक र सरोकारवालाहरूको भनाइ छ । उनीहरूले सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

क्याम्पसका प्रशासन प्रमुख विनोद यादवले यी आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन् । यादवका अनुसार, पहिलो वर्षमा ३९ र दोस्रो वर्षमा ४० जना विद्यार्थी अध्ययनरत छन् र विद्यालय उनीहरूको शैक्षिक उन्नतिमा प्रतिबद्ध छ । उनले रकम संकलनको हल्लालाई “विद्यालयको राम्रो छवि बिगार्ने उद्देश्यले केही उच्छृङ्खल व्यक्तिहरूले प्रचार बाजी मात्र गरेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार