अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २९, बिहीबार ११:१४

जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई निर्देशन दिएको छ ।

पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरणको रेकर्ड साउन मसान्तसम्म सम्पूर्ण प्रक्रिया पुरा गरी सम्बन्धित प्रदेश समितिलाई पठाउन र केन्द्रीय कार्यालयलाई समेत सोको जानकारी गराउन मातहत समितिलाई निर्देशन दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

पार्टीका महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिलाई सदस्यता नवीकरण सम्बन्धी कार्य सम्पादन गर्न नसक्ने जिल्लाहरूको हकमा समस्या उत्पन्न हुन सक्ने भएकोले प्रदेश अधिवेशनमा सहभागिताको व्यवधान खडा भएमा सोको जिम्मेवारी सम्बन्धित सदस्य र जिल्ला समितिले लिनुपर्ने भएको हुँदा सदस्यता नवीकरण सम्बन्धी कार्य निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला समितिलाई आग्रह गरेका छन् ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी भदौ २५, २६ र २७ गतेभित्र प्रदेश समितिको अधिवेशन गर्ने तय गरेको छ । पार्टीले प्रदेश अधिवेशन सम्बन्धी निर्देशिका २०८२ समेत जारी गरी सम्पूर्ण प्रदेश र जिल्ला समितिलाई जानकारी गराइसकेको बस्नेतले बताएका छन् ।

जसपा नेपालले गत सालको भदौ महिनादेखि जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सञ्चालन गरेको थियो । अभियान सञ्चालनको एक वर्षमा जसपा नेपालले सबै तहको अधिवेशन सक्ने भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार