अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २७, मंगलवार ११:२८

जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । जापानिज इन्सेफ्लाइटिस र चिकनगुनियाँ संक्रमण विस्तारै बढ्दै जाँदा मृत्युसम्म हुन थालेपछि असोज महिनासम्म जोखिम कायमै रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सो रोग फैलिनेमात्र नभइ वर्षातको मौसममा जापानिज इन्सेफ्लाइटिस भाइरसको संक्रमण पनि उच्च हुने गरेको बताइन्छ । सो संक्रमणबारे अहिले पनि धेरैलाई थाहा नभएकोले समयमा उपचार नपाउँदा ज्यान जाने गरेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुले असोजसम्मै यो रोगको उच्च जोखिम हुने भएकोले हरेक नागरिक सचेत हुनु पर्ने बताएका छन् ।

सो वर्ष संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ भने ३४ जना संक्रमित भएका छन्। आगामी महिनाभर थप संख्यामा प्रभावित हुने देखिएको विज्ञहरुले औँल्याएका छन् । सो वर्ष जापानिज इन्सेफ्लाइटिसबाट बाराका ७४ वर्षीय एकजना पुरुष, मोरङकी ४९ वर्षीया महिला र मोरङका १७ वर्षीय युवक रहेको विश्व स्वास्थ्य संगठनको नेपाल च्याप्टरले जनाएको छ ।

मृत्यु हुनेहरु जापानिज इन्सेफ्लाइटिसको खोप नलिएकाहरु छन् । चिकित्सकका अनुसार क्युलेक्स स्पाइसिस नामक सेतो रङको लामखुट्टेले संक्रमित सुंगुर, जंगली चरा, हाँस र घोडालाई टोकेपछि मानिसलाई टोकेमा यो रोग सर्छ । यो लामखुट्टे बिहान झिसमिसे र साँझपख सक्रिय हुने गरेको बताइन्छ ।

सो लामखुट्टले जापानिज इन्सेफ्लाइटिस नामक भाइरस संक्रमित गराएपछि मानिसमा विभिन्न जटिल लक्षणहरु देखिन्छ । यो लामखुट्टे धानखेत या पोखरी, दलदले पानी नजिक, हाँस फार्म नजिक घर भएका मानिसलाई बढी मात्रामा टोक्ने गर्छ र संक्रमित हुन्छन । यो रोगको संक्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, कमजोरी महसुस हुने हुन्छ ।

मस्तिष्कमा संक्रमण भइ मस्तिष्कको असन्तुलन गतिविधि देखिन्छ । सो रोगको संक्रमण भएमा स्नायुमा असर गर्छ । संक्रमित भएका मध्येमा १५ देखि ३० प्रतिशतको मृत्यु हुन्छ । बाच्न सफल भएकाहरु जीवनभर कुनै न कुनै प्रकारको अपाङ्गता हुने चिकित्सक बताउँछन् । सो रोगको कारण बढी उमेर भएका मानिसको तुलनामा १५ वर्ष मुनिका बालबालिका प्रभाति हुने गर्छन ।

तथ्यांक अनुसार पाका मानिसको तुलनामा ७५ प्रतिशत बढी बालबालिका प्रभावित हुने गर्छन, तर उमेर पुगेका मानिस पनि उत्तिकै प्रभावित हुने गर्छन् । सो रोग विश्वमा सबैभन्दा बढी दक्षिण पुर्वी एशियामा रहेको र यो क्षेत्रमा पनि भारत बढी प्रभावित रहेको देखिन्छ । यो रोगको कारण एशियामा प्रति वर्ष १० हजारदेखि २० हजार जनाको मृत्यु हुने गर्छ ।

दक्षिण पुर्वी एशियामा सन् २०२२ मा १४ सय जना, २०२३ मा १५०० र २०२४ मा १९५ जना जापानिज इन्सोप्लाइटिशवाट संक्रमित भएको तथ्यांक छ । नेपालमा ३१ जिल्लाहरु यो रोगको उच्च जोखिममा रहेका छन् । यस रोगको मृत्युदर उच्च रहेकोले संक्रमणबाट बच्नु एक मात्र उपाय रहेको चिकित्सकहरुले औल्याएका छन् । चिकित्सकका अनुसार यो रोगको लक्षण देखिएमा सक्दो छिटो उपचारमा गएमा मृत्युवाट बच्न सकिने र जटिल अपाङ्गता हुनेवाट बच्न सकिने सुझाएका छन् ।

यी मध्येमा कुनै पनि लक्षण देखिएमा तुरुन्त उपचारको लागि अस्पताल जान उनीहरुले सुझाएका छन् । नेपालमा यो रोगको बारेमा जनचेतनाको कमीले बर्सेनि धेरैले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनका खोप तथा नियन्त्रात्मक रोग कार्यक्रमका डा.बालविन्डर सिंहले बताए । उनले भने, ‘मुख्य जनचेतनाको समस्या हो ।’ यस रोगवाट बच्नको लागि पूरा बाहुला भएको लुगा लगाउने, राति झुल लगाएर सुत्ने, जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने उपायहरु छन ।

यो वाहेक नेपाल सरकारले पाँच वर्ष मुनिका बालबालिकाको लागि नियमित खोप कार्यक्रम अन्तर्गत जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप दिने गरेको छ । पन्ध्र वर्ष माथिको जनसंख्याको लागि निःशुल्क खोपको व्यवस्था नभएकोले निजी क्षेत्रबाट किनेर लगाउने व्यवस्था छ । डेंगुको महामारीसँगै नेपालमा उस्तै लक्षण देखिने चिकनगुनियाँको जोखिम बढे पनि सरकारले परीक्षणमा ध्यान नदिँदा यो रोग ‘लुकेको महामारी’ अर्थात् चिकनगुनियाँ बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

डेंगुको जस्तै ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिए पनि यसले वर्षौंसम्म जोर्नी दुख्ने र मुटु तथा स्नायु प्रणालीमा गम्भीर असर पार्ने भएकाले यसलाई बेवास्ता गर्न नहुने उनीहरू बताउँछन् । नेपालमा सन् २०१३ देखि नै चिकनगुनियाँको संक्रमण पुष्टि भए पनि सरकारले यसको परीक्षणलाई प्राथमिकतामा राखेको छैन ।

सीमित अस्पतालबाट आउने फाट्टफुट्ट रिपोर्टका आधारमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने अत्यन्तै सीमित परीक्षणले वास्तविक अवस्थाको चित्रण नगर्ने विज्ञहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार