अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २५, आईतवार १३:२५

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोकनजिक आइतबार (साउन २५) बिहान रेल र कार एकापसमा ठोक्किएका छन् । वाग्मती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।

दुर्घटना रेलमार्गनजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीनजना सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको छ । कारमा भने ठूलो क्षति पुगेको छ ।

दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार