अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २५, आईतवार ११:४०

काठमाडौ, २५ साउन । आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित निकालेको छ ।

इङ्लिस क्लब आर्सनले प्रि–सिजन मैत्रीपूर्ण खेल (इमिरेट्स कप) बिल्वाओबिरूद्द ३–०को सहज जीत निकालेको हो ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायो साका र काइ हाभर्टेजले गोल गरेर योगदान गरेका थिए । जसअनुसार  पहिलो हाफको ३४औं मिनेटमा ग्योकेरेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै साकाले टोलीको लागि दोस्रो गोल गरिदिए ।

उता, दोस्रो हाफमा हाभर्टेजले ८२ औं मिनेटमा गोल गर्दा आर्सनलले ३–० को सहज जित दर्ता गर्न सफल भयो ।  यससँगै आर्सनलले प्रि–सिजन टुरको अन्त्य गरेको छ । प्रि–सिजनमा आर्सनलले पाँच खेल खेल्दा यसअघि तीन जित र एक हारको नतिजा निकालेको थियो ।

अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार