अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २४, शनिबार १६:२५

वासिङटन डिसी, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् ।

 

ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । बैठकको बारेमा छिट्टै जानकारी गराइने उनले बताए । ट्रम्पले यसअघि नै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पुटिनलाई भेट्न चाहेको बताएका थिए ।

 

यसअघि बुधबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनेकी थिइन, ‘रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन्।’

 

अमेरिका र रुसका राष्ट्रपतिबीच अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो। त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो।

 

ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनलाई भेटेका थिए। ट्रम्पले यो भेटलाई महत्वपूर्ण भनेका छन् । रुसको क्रेमलिनको राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले दुई देशबीच युक्रेनको मुद्दामा छलफल भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार