अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २२, बिहीबार १८:५२

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि हालका महासचिव रामहरि अधिकारीले २०२५–२७ कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्वारी दिंएका छन् । गैर आवासिय नेपाली, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका बर्तमान महासचिव र विगतमा न्युयोर्क च्याप्टरको सचिव र अध्यक्षको भूमिका निर्वाह गरिसकेका अधिकारी एनआरएनए अमेरिकामा सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचानको रूपम चिनिन्छन् । एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरेका अध्यक्ष पदकालागि उम्मेद्वारी दिंएका अधिकारीले आफ्नो अभियान गुटबन्दीमुक्त, पारदर्शी र सबल संस्थाको निर्माणमा केन्द्रित रहने बताएका छन् । उनले खुलेर भने, “म कुनै गुटको होइन । म संस्थालाई अझ पारदर्शी, उत्तरदायी, र समावेशी बनाउन आएको हुँ । एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्ने बताए । अधिकारीले गैरआवासीय नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताको कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्वको आवश्यकता भएको बताए ।

अधिकारीले गैरआवासीय नेपाली संघ सुधारकालागि भन्दै विभिन्न बुँदा समेत सार्वजनिक गरेका छन् ।

१. संस्थागत सुधार र एकता

एनआरएनए अमेरिकाको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउने योजना। सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास, समन्वय र सहभागिता बढाउने ।

२. प्रवासी नेपालीहरूका लागि कार्यक्रममुखी अभियान

अमेरिकामा रहेका नेपालीहरूका लागि व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरू जस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन गर्ने।

३. नेपालसँगको सम्बन्ध र नीति सम्वाद

गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो करको अन्त्य, लगानीको प्रवाह, तथा नेपाल–अमेरिका सम्बन्धलाई संस्थागत तहमा सुदृढ बनाउने। उनले यस्ता विषयहरूलाई अमेरिकी राजनीतिज्ञहरूसँग संवाद गरी अगाडि बढाउने बताए ।

त्यस्तै रामहरि अधिकारीका अनुसार एनआरएनएमा अहिलेसम्म नतिजा भन्दा पनि पदको भागबन्डा बढी देखिएको भन्दै “संस्थाले अब भागदौडको नेतृत्व होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्ने बताए । उनले गुटभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै, “संस्थामा अब सबैलाई समान अवसर र सम्मान मिल्नुपर्ने धारणा राखेका छन् । उनले आफु र आफ्नो समुहको उम्मेद्वारी एनआरएनए सुधारकालागि भएको भन्दै सबैलाई मतदान गर्न आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार