अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २२, बिहीबार १०:३४

धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।



 

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर गरेको उहाँले जानकारी दिनुभयो ।

झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार