अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २२, बिहीबार १०:३३

शुक्रबारदेखि भएपछि वर्षा हुन थालेको मधेश प्रदेशमा किसानहरूले रोपाइँलाई तीव्रता दिएका छन् ।

मधेश प्रदेशको कृषि मन्त्रालय, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका अनुसार चार दिनमा १३ प्रतिशतले रोपाइँ बढेको छ । मधेशका आठ जिल्लामा मंगलबारसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको महाशाखाका कृषि अधिकृत अमर मण्डलले जानकारी दिए ।



 

सबैभन्दा बढी पर्सामा ८५, बारामा ८३ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम महोत्तरीमा ३९ प्रतिशत रोपाइँ भएको तथ्यांकमा रहेको छ । वर्षा हुनुअघि १६ साउनसम्म मधेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो । ‘बारा, पर्सामा गण्डक नहरबाट सिँचाइ सुविधासहित प्रदेशबाट स्यालो ट्युबेलको बजेट पनि बढी प्रवाह भएकाले रोपाइँ बढी भएको हो,’ मण्डलले अघि थप्दैँ भने, ‘ धनुषा र महोत्तरीमा पछिल्लो वर्षाले खेत भिजे पनि रोपाइँका लागि खेत हिल्याउन किसानले पोखरी, बोरिङको पानी प्रयोग गरिरहेका छन् ।’

शुक्रबारसम्म ८५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान रहेको उनले बताए । मधेशमा तीन लाख ७२ हजार हेक्टरमा धानखेती हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आएर बस्दा गत शनिबारबाट देशभर वर्षा भइरहेको हो । यसअघि पहाडी क्षेत्रमा खण्डवृष्टि भइरहेकामा तराई मधेशमा सुक्खा थियो, जसकारण रोपाइँ हुन सकेको थिएन ।

तर हाल वर्षाका कारण रोपाइँ भइरहेको हो भने चापाकलमा पानी आउन थालेपछि जनजीवन सहज बनेको छ । मंगलबार सिराहामा ७४.४ र बारामा ४२.४ मिलिमिटर वर्षा मापन भएको छ । मधेशसहित मध्य र पूर्वी नेपालमा सोमबारभन्दा मंगलबार कम वर्षा भएको छ । यसपटकको मनसुनको सक्रियता लम्बिने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सोमबार र मंगलबार पश्चिमकेन्द्रित वर्षा भएकामा बिहीबारदेखि पूर्वकेन्द्रित वर्षा हुने देखिन्छ ।

वर्षा त देशभर नै भइरहेको छ । तर, भारीदेखि धेरै भारी वर्षा भने बिहीबारबाट कोशी र बागमती क्षेत्रमा हुने देखिन्छ,’ उनले भने । मंगलबार दाङ, बाँके र बर्दियामा धेरै भारी वर्षा पनि मापन भएको छ । २४ घण्टामा दाङमा २३६, बाँकेमा २०६ र बर्दियामा १६९ मिलिमिटर वर्षा रेकर्ड भएको छ । पश्चिमकेन्द्रित वर्षाका कारण कर्णालीको रकुम पश्चिम, भेरीको डोल्पा र बबईको बर्दिया क्षेत्रमा पानीको बहाव सर्तकता तहभन्दा माथि पुगेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार