अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २२, बिहीबार ०९:३६

नयाँ दिल्ली, २२ साउन । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ ।

उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका छन् । अब प्रश्न उठ्छ कि ट्रम्पले युक्रेन युद्धका सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका र रुसबाट टाढा हुन भारतलाई दबाब दिइरहेका बेला भारतका सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोग मात्र हो कि रणनीतिक जवाफ ?

 

स्रोतलाई विश्वास गर्ने हो भने डोभालको यात्रामा धेरै तह छन् । एकातिर भारत र रुसबीच रक्षा सहयोग र ऊर्जा सुरक्षामा गहिरो वार्ता हुने भएको छ भने अर्कोतर्फ भारतले कुनै पनि विश्वव्यापी दबाबमा आफ्नो रणनीतिक स्वार्थसँग सम्झौता नगर्ने सन्देश पनि स्पष्ट छ ।

 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् कि डोभालले शीर्ष रूसी सुरक्षा अधिकारीहरूसँग बन्द ढोका बैठक गर्नेछन्, जहाँ क्षेत्रीय स्थायित्व, आतंकवाद विरोधी सहयोग र ऊर्जा आपूर्तिमा छलफल हुनेछ। यी उही मुद्दाहरू हुन्, जसमा अमेरिकाले भारतलाई सन्तुलनमा राखेको छ ।

 

तर, भारतले बारम्बार स्पष्ट गरिसकेको छ कि उसको ऊर्जा आवश्यकता र विदेश नीति उसको राष्ट्रिय हितबाट संचालित हुन्छ, पश्चिमी दबाबले होइन। तर, रूसमा डोभाल पुगे पछि उता ट्रम्पले पनि आफ्ना दुत मस्को पठाउने भएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार