अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २२, बिहीबार ०९:३२

तेहरान, २२ साउन । इरानको न्यायपालिकाले बुधबार इजरायली शासनको मोसादका लागि काम गर्ने एक जासुस र दाएस (आईएसआईएल वा आईएसआईएस) आतंकवादी समूहको सदस्यलाई मृत्युदण्ड दिएको छ।

मोसादका जासुस रुजबेह वादीलाई सियोनिष्ट शासनको जासुसी एजेन्सीसँगको सम्बन्धमा दोषी ठहरिएपछि बुधबार बिहान फाँसी दिइएको हो ।

उनी इरानको एउटा महत्वपूर्ण र संवेदनशील संस्थामा कार्यरत थिए । वादी भर्चुअल स्पेस मार्फत मोसादमा सामेल भएका थिए। समाचार अनुसार दोषीले भियनामा मोसादका अधिकारीहरूसँग पाँच पटक भेटेका थिए।

 

आज बिहान मृत्युदण्ड दिइएको अर्का दोषी महदी असगरजादेह थिए, जो इराक र सिरियामा सैन्य तालिम लिएका थिए र इरान भित्र आतंकवादी हमला गर्ने योजना बनाएका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार