अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २१, बुधबार १२:२४

जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्ष पदमा केदार प्रसाद यादव निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतको अन्तरले उछिन्दै केदारले २ सय ३५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।



 

अध्यक्ष पदका प्रत्यासी उमेशले २ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण यादव २ सय ३५ र हरेराम यादवले २ सय २६ मत प्राप्त गरेर विजयी भएका छन् ।

उपाध्यक्ष पदमा राजेश्वर राय १ सय ८५ तथा उषा साहले १ सय ७४ मत प्राप्त गरेका छन् । सचिवमा निरज झा मुक्ति २ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी शम्भु यादले २ सय ३० मत पाएका छन् ।

त्यस्तै उपसचिवमा रामेश्वर यादव २ सय ३५ र रिता चौधरी २ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उपसचिव पदका प्रत्यासी राहुल मण्डल २ सय २३ र दाउद हुसेन १ सय ७३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा अमरेन्द्र यादव २ सय ३५ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्दी अभिनय यादवले निकु २सय १० मत प्राप्त गरेका छन् । कुल ५ सय १८ मतदाता रहेकोमा ५ सय ४ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार