अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २१, बुधबार १२:१८

जनकपुरधाम ।
सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो । उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
प्रहरीले आत्मरक्षाकालागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको बस्नेतले बताए ।
गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको बस्नेतले बताए ।
प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । त्यहाँ अरु मदिरा पनि थियो । मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले डुङ्गामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ ।
ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार