अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २०, मंगलवार ०९:४६

१२ कक्षाको नतिजा प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।



 

त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका जानकारी दिए ।

यस वर्षको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ ले परीक्षा दिएका थिए ।

यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

शर्माले पढाइ र परीक्षा प्रणालीमा गरिएको सुधारका कारण एसईईमा जस्तै कक्षा १२ को नतिजा पनि राम्रो भएको बताए। उनका अनुसार यस पटकको नतिजा गत वर्षभन्दा ९ प्रतिशतले बढेको हो। गत वर्ष ५२. ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार