अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १९, सोमबार १३:५६

खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

सोमबार बिहान आठबजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा गाडी दुर्घटना भएको हो।

 

 

हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा घाइते हुनेमा सिराहाकाे नरहा गाउँपालिका-५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमती (नाम खुल्न बाँकी) लगायत रहेका छन्।

 

दुर्घटनामा घाइते भएकी रामशरण ठाकुरकी पत्नीसहितका केही घाइतेकाे अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। घाइते मध्ये १३ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि उदयपुरतर्फ पठाइएको छ।

 

दुर्घटनाको खबरपछि नम्बर ७ गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको कमाण्डमा ११ जनाको टोली, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटिएको छ।

 

त्यसैगरि स्थायी प्रहरी पोष्ट जयरामघाटबाट शेख रहुल्लाहको कमाण्डमा २ जना, प्रहरी चौकी च्यास्मिटारबाट असई सहित २ जना र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा ११ जना प्रहरी टोली पनि अहिले घटना स्थलमा पुगेर घाइतेको उद्धार गरिरहेका छन्।

 

दुर्घटनामा परेको गाडीमा अनुमानित १८ जना सवार रहेका प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट जयरामघाटबाट दुई किलोमिटर पूर्वतर्फ पर्छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार