अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १९, सोमबार ०९:०३

नेपाली ई-स्पोर्ट्स टोली होर ई-स्पोर्ट्सले साउदी अरेबियामा भएको पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकपमा नवौं स्थान हात पारेको छ।

फाइनल चरणमा भिडेका १६ टोलीमा होरले नवौं स्थान हात पारेको छ। जितसँगै उसले १ लाख २७ हजार ५ सय अमेरिकी डलर (एक करोड ७८ लाख रुपैयाँ) हात पारेको छ।



 

अन्तिम चरणको प्रतिस्पर्धामा म्यानमारको वाइजी पहिलो भएको छ भने चीनको डब्लूबिजीले दोस्रो स्थान हात पारेको छ।

विश्वकपमा खेलको होर ई-स्पोर्ट्सको पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले ‍प्रतिस्पर्धा गरेका थिए।

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो।

कुल पुरस्कार झण्डै ४१ करोड रुपैयाँ प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार