अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १९, सोमबार ०८:५७

सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा स्थानीय कृषकहरुले प्रशासन कार्यालयमार्फत आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले चालु आर्थिक वर्ष ०८२– ८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपियाँ अनुदान कटौती गरेकोले आन्दोलनरत उखु किसानहरुको देशब्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । पूर्व घोषित कार्यक्रमअनुसार उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहा तथा उखु उत्पादक कृषक महासंघका सदस्य महाशंकर थिङको नेतृत्वमा प्रशासन कार्यालय पुगेका सयबढी कृषकहरुले सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।



 

सो ज्ञापन पत्रको प्रारम्भमै भनिएको छ ‘ उखु किसानहरुले आर्थिक वर्ष ०८१÷८२ को उखुको अनुदान रकम वापत करिब एक अर्व ६० करोड रुपैयाँ सरकारले भुक्तानी नगरेको र चालु आर्थिक वर्षको बजेटमा यसबारे सम्वोधनसमेत नगरेको हुँदा तपसिलमा उल्लेखित उखु कृषकको जायज मागहरु सम्वोधन गरि दिन हुन सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र पेश गरेका छौं ।’

८ बुँदे ज्ञापन पत्रमा उखु खेतीमा ब्याप्त समस्या र पीडालाई उजागर गर्दै उखुको उचित मूल्य नपाइरहेको अवस्थामा विगत डेढ दशकदेखि पाउदै आएका अनुदान पनि कटौती गरेपछि आन्दोलन बाध्यता बनेको उल्लेख गरिएको छ ।

सो ज्ञापन पत्र अनुसार चिनी र छुवाको विक्रीबाट सरकारले भ्याटवापत ३ अर्ब बढी राजस्व प्राप्त गर्छ । त्यही राजस्वबाट अनुदानबापत सरकारले एक अर्व ६० करोड दिने हो । फेरी पनि सरकारलाई वतच हुन्छ । यदी किसानले उखु खेती नै नगरि दिने हो सरकारको पनि एक अर्व ४० करोड राजस्व गुम्न सक्छ । ज्ञापन पत्रमा उल्लेख गरिएको छ, ‘ प्रधानमन्त्रीले…आर्थिक वर्ष ०८१/८२ को उखुको ७० रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइ दिनु हुनेमा हामी विश्वस्त छौं ।’

सरकारले ७० रुपैयाँको अनुदान कटौतीको निर्णयविरुद्ध महोत्तरी, सर्लाही, बारा र सुन्सरी जिल्लाका उखु उत्पादक संघका अध्यक्ष तथा कृषकहरुको हरिवनमा साउन १२ गते सम्पन्न बैठकले तीन चरणमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको थियो । उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले माग सम्वोधन नभए यही २० गते साउन अपराह्न ३ बजे देशभरका चिनी मिलको मूल गेटमा विरोधस्वरुप टायर बाल्ने कार्यक्रम रहेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार