अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १९, सोमबार ०८:१८

मधेश प्रदेश र कोशी प्रदेशको सीमामा रहेको सप्तकोशी नदीमा आइतबार बिहानदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ ।

आइतबार साँझसम्म मापनअनुसार पानीको बहाव एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमअनुसार अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुला गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जनाएअनुसार अहिलेसम्म कोशी नदीमा पानीको बहाव बढे पनि कुनै समस्या भने छैन ।



 

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्न खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिएको जनाइएको छ । दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बाल्ने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्यूसेक पानी भारवहन क्षमता हुने उल्लेख छ । तर ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनि नै रहेकाले कुनै अनुमान लगाउन सकिने अवस्था छैन ।

२०६५ भदौँ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पनि पसेको थियो । त्यसबेलामा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार