अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १८, आईतवार १४:०३

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार मानिसको हत्याराको आरोप लगाएर माओवादीलाई बद्नाम गराउने कसरत अझै पनि जारी रहेको बताएका छन् । उनले पार्टीभित्र विभाजन ल्याउन अनेक षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने चेतावनीसमेत दिएका हुन् । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले द्वन्द्वकालीन सहिदका सपना पूरा गर्न र उनीहरूका परिवारको उचित सम्मान गर्न पार्टीबाट कमजोरी भएको स्वीकार गरे । उनले भने, ‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ ।’



 

विगतको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्‍यौँ । हाम्रा सहिद परिवारका दुःख, पीडा, मर्का जति नजिकबाट हेर्नुपर्ने थियो, त्यसमा र हाम्रा वर्ग-समुदाय, जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ ।’

यही निष्कर्षका आधारमा पार्टी अब पुनः आफ्नै वर्ग, सहिद तथा बेपत्ता परिवारसँग जोडिने संकल्पका साथ अघि बढेको उनको भनाइ थियो । ‘त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एकपटक हाम्रो वर्गतिर नै जोडिने, सहिद-बेपत्ता परिवारहरूसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ,’ उनले भने ।

अध्यक्ष प्रचण्डलले प्रतिक्रियावादी शक्तिहरूले पार्टीलाई कमजोर पार्न षड्यन्त्र गरिरहेको बताउँदै सहिदका सपनालाई सम्झिँदै अघि बढ्ने जमर्को गरेको बताए । उनले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै भने, ‘फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार