अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १८, आईतवार १३:४७

मधेश प्रदेशका लागि सिचाइ तथा खानेपानीको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन निर्माणमा के कति कारणले ढिलाइ भइरहेको बारे प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरूको टोलीले शनिबार स्थलगत निरीक्षण गरेक छन्।

निरिक्षणको क्रममा आयोजनाका प्रमुख अच्चुतराज गौतमले आयोजनाको हालसम्मको प्रगति विवरण र के कति कारणले ढिलाई भइरहृेको बारे निरिक्षण टोलीलाई जानकारी गराएका थिए ।



 

निरीक्षणको क्रममा मुख्यमन्त्री सिंहले आयोजनाको प्रगति र अवरोधबारे जानकारी लिँदै निर्माण व्यवसायी कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । उनले अहिले मधेश पानी आभावमा सुख्खाग्रस्त क्षेत्र बनेको यस्तो अवस्थामा आयोजनामा ढिलाइ हुनु दुःखद विषय भएको भन्दै निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिए ।

ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री यादवले आयोजना मधेश प्रदेशका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै निर्माण कार्य ढिलाइले आउंदो दिनमा झन समस्या उत्पन्न हुने चांडो भन्दा चांडो तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिए । मन्त्री यादवले आयोजना प्रदेशका लाखौँ कृषकको भविष्यसँग जोडिएको भएकाले समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सो निरिक्षण टोलीमा प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल र उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित सचिव रामकुमार खंगको सहभागिता रहेको थियो ।

निरीक्षण टोलीका अनुसार, ठेक्का कम्पनी पटेल रमण जेभी कन्सट्रक्सनका कारण ढिलाई भइरहेको छ । सो कन्सट्रक्सन कम्पनी ठेक्का सम्झौताको आधी समय पार गरपसकणदा १० प्रतिशत काम मात्रै सम्पन्न गरेको हो ।

रमण जेभी कन्सट्रक्सनका नवीन चौधरीले निरन्तर वर्षा र माटोका कारण ढिलाई भइरहेको जानकारी गराएका थिए ।

स्थानीय समुदायहरुको विभिन्न मागहरु, जग्गासँग सम्बन्धित गुनासाहरु, सामाजिक राजनितिक कारणहरु तथा रोजगारीको अवसरको सम्बन्धमा विबादले गर्दा निर्माण कार्य बन्द पहिला भएको तर अब बरसातपछि काममा तिव्रता दिने चौधरीले बताए ।

करीब ५० अर्ब लागतमा निर्माण हुने भनिएको सो आयोजनाको हालसम्मको उपलब्ध कुल बजेट रू। १९ अर्ब ३३ करोड ५१ लाखमा रु १६ अर्ब ५० करोड २७ लाखमा खर्छ भइसकेको छ तर कार्य प्रगति विवरण मात्र ३६।८३५ रहेको जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार